अचेत अवस्थामा भेटीएका युवकको ज्यान गयो

Written by meropradesh creator

१५ चैत्र २०७७, आईतवार

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–१ आकाशेको यएरर्पोट नजिकै अचेत अवस्थामा भेटिएका एक युवकको उपचारको क्रममा आइतवार बिहान ज्यान गएको छ ।

मन्थलीको आकाशे यएरर्पोट नजिकै अचेत अवस्थामा फेला परेका ती युवकलाई उपचारको क्रममा मन्थली स्थित तामाकोशी अस्पतालमा लगिएकोमा थियो । उनको उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषडा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार– तराई मुलका जस्ता देखिने ती युवकको उमेर अन्दाजी ४५÷५० वर्ष जस्तो देखिन्छ । उनले धर्के टिसर्ट र कालो पाइन्ट लगाएका छन् । अहिलेसम्म मृतक युवकको नाम, थर र वतन खुल्न सकेको छैन् । उनको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको र उनको विवरण खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...