थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

स्वास्थ्य
  • 1
    Share

रामेछाप । रामेछापमा मगंलवार थप एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । मन्थली प्राथमिक स्वास्थ्यमा कार्यरत वर्ष ४० का एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
केही दिनअघि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि काठमाण्डौं पठाएको थियो । पठाएका स्वाब मध्ये मन्थलीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
यो सँगै रामेछापमा संक्रिय संक्रमितको संख्या १४ जना पुगेको छ । संक्रमित सवैको अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Facebook Comments

  • 1
    Share