काँग्रेसलाई जिस्काउने कम्युनिष्ट सरकार पतन हुन्छः न्यौपाने

प्रदेश ३ समाज
  • 121
    Shares

रामेछाप–२८ मंसिर ।
रामेछाप । नेपाली काँग्रेस जिल्लाकार्य समिति रामेछापका पार्टी सभापति लवश्री न्यौपानले काँग्रेस पार्टीलाई जिस्काउने अहिलेको कम्युनिष्ट सरकार पतन हुने बताएका छन् ।
सो कुृरा उनले नेकपा सरकारको विरोधमा आइतवार नेपाल विद्यार्थी संघले रामेछापको सदरकुकाम मन्थलीमा गरेको सिठ्ठी जुलुसको र्याली पछि भएको कोणसभामा बताएका हुन् । कोणसभामा वोल्दै सभापति लवश्री न्यौपानेले अहिलेको तानासाह कम्युनिष्ट सरकारले नेपाली काँग्रेसलाई जिस्काउन शुरु गरेकाले यो सरकार चाडै समाप्त हुने जानकारी दिए ।


उनले भने– नेपाली काँग्रेसलाई जसले जिस्काउछ त्यो पतन भएको इतिहास नेपालमा सर्वविदितै छ । पहिला राणाहरुले जिस्काए उनिहरु समाप्त भए । पञ्चायतमा पञ्चहरुले जिस्काए उनीहरु पनि समाप्त भए । अहिले नेकपाको सरकारले फेरी जिस्काउन शुरु गरेको छ । यो सरकार पनि समाप्त हुने दिन नजिकिदै आएको सभापति न्यौपानेले बताए ।
स्थानिय बिपी चोकबाट शुरु गरिएको सिठ्ठी जुलुस स्थानिय देवकोटा चोक हुँदै पुरानो कटहरबोट पुगेर पुनः देवकोटा चोकमा आएर कोणसभा गरि विर्सजन गरिएको छ । काँग्रेसले निकालेको सिठ्ठी जुलुसमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, विभिन्न भातृ संघसंगठनका पदाधिकारीहरु, व्यवसायिहरु, उद्योगपत्ति, नेपाली काँग्रेसका कार्यकर्ताहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।

Facebook Comments

  • 121
    Shares