टिकटक माथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय न्यायाधीशले रोकिदिए

विश्व
  • 3
    Shares

मंसिर २३
चिनियाँ कम्पनी बाइट डान्समाथि अमेरिकी नागरिकको व्यक्तिगत र गोपनीय सूचनामाथि टिकटकमार्फत पहुँच बढाएको आरोप लगाउँदै ट्रम्प प्रशासनले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । तर अमेरिकी एक संघीय न्यायाधीशले भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि ट्रम्प प्रशासनले लगाउन चाहेका प्रतिबन्धहरू हाललाई रोक्न आदेश दिएका छन् ।
संघीय न्यायाधीशले ट्रम्प प्रशासनका तर्फबाट वाणिज्य मन्त्रालयले प्रस्तुत गरेका तर्कहरू पर्याप्त नभएको आदेश जारी गरेका छन् । ट्रम्प प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने क्रममा आफ्नो अधिकार क्षेत्र नाघेको र एकपक्षीय एवं स्वेच्छाचारी निर्णय गरेको न्यायाधीशको आदेशमा उल्लेख गरिएको छ ।
ट्रम्प प्रशासनले बाइटडान्सलाई अमेरिकामा टिकटक हेर्नका लागि अमेरिकी कम्पनीलाई बिक्री गर्न अनुमति दिएका थिए। तर हालसम्म अमेरिकी कम्पनीहरूसँग संझौताका लागि वार्ताहरू भए पनि निर्णय भइसकेको छैन ।

Facebook Comments

  • 3
    Shares