रेष्टुरेन्टमा आगलागी हुदा ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु

विश्व

मंसिर १
हङकङ्गको जोर्डन सहरकोे क्यान्टोन रोडमा रहेको नेपाली नागरिक द्धवारा सञ्चालनमा ल्याएको एक नेपाली रेष्टुरेन्टमा आइतबार राती आगलागी हुदाँ ९ वर्षका बालक सहित ७ जना नेपालीको मृत्यु भएको छ । आगलागीमा परेर १८ जना घाइते भएका छन । आगो लागीमा परी चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ । उक्त रेष्टुरेन्टमा आइतबार राती जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका अन्य नेपाली घाइतेहरुले जानकारी दिएका छन ।
उक्त कुराको एन आर एन ए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ’राधिका’ले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

 

समाचार स्रोत सेतोपाटी

Facebook Comments
  • 5
    Shares