सलमान खानको हत्या योजनाको खुलासा

प्रदेश १ मनोरञ्जन समाज स्वास्थ्य

काठमाडौं । बलिउड अभिनेता सलमान खानको हत्या योजना बनेको खुलासा भएको छ । पुलिसले नियन्त्रणमा  लिएको एक सार्प सुटरले सलमानको हत्या योजना बनेको खुलासा गरेको हो ।

भारतीय संचारमाध्यमहरुले जनाए अनुसार लकडाउन भएका कारणले गर्दा उक्त योजना विफल भएको हो । यो योजना हरियाणा, पंजाब र राजस्थानका कुख्यात ग्याङस्टर लरेन्स बिस्रोइको समूहले रचेको थियो ।

ग्याङको सार्प सुटर राहुल उर्फ सांगा उर्फ बाबालाई फरिदाबाद पुलिसले गत १५ अगष्टमा उत्तराखण्डबाट गिरफ्तार गरेको थियो ।

लरेन्सले सलमानको हत्याको जिम्मेदारी राहुललाई दिएको पुलिसले खुलाएको छ । राहुल यही जनवरीमा मुम्बई गएको थियो । उसले सलमानलाई बान्द्रास्थित बंगला नजिक ३ दिनसम्म रेकी गरेको थियो ।

लेरेन्स विश्रोइले कालो हरिण शिकारलाई लिएर सलमानलाई मार्ने धम्की दिएको थियो । राजस्थानमा रहने विश्रोइले कालो हरिणलाई पूजा गर्दछ । सोही कारण विश्रोइले सलमानलाई मार्न चाहेको बताइएको छ ।

यसअघि सन् २०१८ को जुनमा पनि लरेन्सले आफ्नो दाहिने हात कुख्यात गुन्डा सम्पत नेहरामार्फत सलमान खानको रेखी गरेको थियो । नेहरा पनि असफल भएको थियो ।

Facebook Comments